इन्भाइरोमेन्ट साइन्सका छात्राको मोडलिङमा जोडी

इन्भाइरोमेन्ट साइन्समा ब्याचलर पढ्ने क्रममा निरिस्ना दली श्रेष्ठ र कृतिका श्रेष्ठको दोस्ती जम्यो । ख्वप इन्जिनियरिङ कलेजमा पढ्दै गरेका निरिस्ना र कृतिकाको दोस्ती यसरी जम्यो कि दुवैले नेपाल नेक्स सुपर मोडल प्रतियोगितामा भाग लिए । भैदियो के भने निरिस्ना भइन् फस्ट रनर अप र कृतिका भइन् सेकेन्ड रनर अप ।
यो सफलताले उनीहरूलाई अझ घनिष्ठ बनायो । नेपाल नेक्स सुपर मोडलले पनि दुबैलाई सँगै र्‍याम्प र्यारम र प्रडक्ट मोडलिङमा सहभागी गराउदैं लग्यो । जसको कारण निरिस्ना र कृतिकाले दर्जनौँ पटक र्‍याम्प मोडलिङ गरिसकेका छन् भने केही प्रडक्टहरूको विज्ञापन पनि साथै मोडलिङ गरिसकेका छन् । कृतिका भन्छिन्– हामीले जीवन शैली, एजेल्स अन द फ्लोर, बन्दिपुरमा रेब्यानले गरेको लगायत धेरैमा र्‍याम्प मोडलिङ गरिसकेका छौँ । निरिस्ना र मैले कोकाकोला र एक फर्निचरको एडमा पनि साथै काम गरेका छौँ ।
दुई दिदी र एक दाजुकी २१ बर्षिया बहिनी निरिस्ना मोडलिङले आफूमा कन्फिडेन्स बढाएको र यो फिल्डमा बिस्तारै करिअर बनाउन सिकाइरहेको बत्ताउँछिन् । घरको एक्लो छोरी कृतिकाको मूल घर मोरङ भएपनि अहिले परिवारको साथ काठमाडौँमै बसिरहेकी छिन्  ।
तस्विरहरूः महेश प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?