मन्त्रिपरिषद्बाट बजेट स्वीकृत

लोकपथ
168
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत ल्याउन लागिएको बजेट स्वीकृत गरेको छ । बैठकले बजेट स्वीकृत गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिएको छ ।

अपरान्ह ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्नेछन् । सरकारले सार्वजनिक गर्न लागेको बजेटको आकार १६ खर्ब हाराहारीको रहेको अनुमान गरिएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेटमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?