लागूऔषध चरेससहित तीन जना पक्राउ

लोकपथ
266
Shares

काठमाडौं । बर्दियामा लागूऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खजुरा गाउँपालिका-६ का २६ वर्षीय कमल विश्वकर्मा, ३२ वर्षीय कालीबहादुर चदारा र बढैयाताल गाउँपालिका-८ का ४८ वर्षीय बलबहादुर कामी छन्।

इलाका प्रहरी कार्याय मैनापोखरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रवार चरेससहित पक्राउ गरेको हो। बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनीहरूको साथबाट ६९४ ग्राम चरेस बरामद गरिएको छ।

‘कालो रंगको झोलामा प्लाष्टिकमा लुकाएर राखेको चरेस बरामद भएको छ,’ कार्कीले भने, ‘पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा अनुसन्धान थालिएको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?