युईएफए च्याम्पियन्स लिग : पूर्व विजेताको सूचीसहित संक्षिप्त विवरण

काठमाडौं। ‘युईएफए च्याम्पियन्स लिग २०२०/२१’ अन्तर्गत शनिवार राति खेलिने फाइनल खेलमा दुई इंग्लिश क्लब म्यानचेस्टर सिटी र चेल्सी प्रतिस्पर्धा गर्दै छन् ।

पोर्चुगलको पोर्टोमा आयोजना हुने फाइनल खेल च्याम्पियन्स लिगको २९औं संस्करण हो। २८ संस्करण पूरा हुँदासम्म चेल्सीले १ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने म्यानचेस्टर सिटीको यो पहिलो च्याम्पियन्स लिग फाइनल खेल हो।

च्याम्पियन्स लिगको वर्तमान विजेता भने जर्मन क्लब बायर्न म्युनिक हो। गत वर्ष फ्रेन्च क्लब पीएसजीलाई पराजित गर्दै बायर्नले आफ्नो ६औं च्याम्पियन लिग उपाधि हात पारेको थियो।

अहिलेसम्म जम्मा २२ क्लबले च्याम्पियन्स लिग उपाधि जितेका छन्। जसमध्ये १२ ओटा क्लबले १ भन्दा बढी यस उपाधिलाई हासिल गरेका छन् । स्पेनिश क्लब रियल मड्रिड सर्वाधिक च्याम्पियन्स लिग विजेता टोली हो। रियलले यस उपाधि कीर्तिमानी १३ पटक जितिसकेको छ।

क्रिस्टियानो रोनाल्डो यस प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन्। उनले म्यानचेष्टर युनाइटेड, रियल मड्रिड र युभेन्टसबाट खेल्दा यस प्रतियोगितामा मात्र १३४ गोल गरिसकेका छन्। त्यस्तै बार्सिलोनाका लियोनल मेस्सीले ११९ गोल गर्दा उनी यस सूचीको दोस्रो नम्बरमा पर्छन्।

युईएफए च्याम्पियन्स लिगका बर्षगत विजेता

च्याम्पियन्स लिगको शुरुवात सन् १९५५ मा भएको थियो। त्यति बेला यस प्रतियोगितालाई ‘युरोपियन कप’ भनेर चिनिन्थ्यो। युरोपियन कप प्रतक्ष्य नकआउट खेल थियो र हरेक युरोपेली राष्ट्रको घरेलु लिग विजेताले मात्र यस प्रतियोगितामा भाग लिन पाउने चलन थियो।

सन् ११९२/९३ मा यसलाई युईएफए च्याम्पियन्स लिग भनेर नामाकरण गरियो। टेलिभिजन र मार्केटिङमा विविध परिवर्तन पछि यो प्रतियोगिताको ढाँचामा बदलाव आएको थियो।

च्याम्पियन्स लिगसहित ‘राउण्ड रबिन’ समुह चरणको खेल भित्रियो। त्यस्तै एउटा मुलुकबाट शीर्ष केही टोलीले प्रतसिपर्धा गर्ने नियम पनि लागू भयो। यही ढाँचामा तल-माथि केही परिवर्तण आउँदा आउँदै अहिलेसम्म आइपुग्दा च्याम्पियन्स लिग विश्वकै लोकप्रिय तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा पर्दछ।

यस प्रतियोगिताको शुरुवातमा ८ समूह बाँडिन्छन्। ग्रुप ‘ए’ देखि ‘एच’ मा ४/४ टोली गरी कुल ३२ टोलीले यस प्रतियोगितामा भाग लिन्छन्। हरेक समुहका शीर्ष २ टोली च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्छन् भने तेस्रो आउने टोली ‘युईएफए युरोपा लिग’मा झर्छन्। समूहमा चौथौं हुने टोली प्रतियोगिताबाट बाहिरिन्छन्।

समूह चरणपछि ‘राउण्ड अफ १६’ का खेलका लागि एउटा समूहको विजेता अर्को समूहको उपविजेतासँग गोलाप्रथाको माध्यमबाट प्रतिस्पर्धाका लागि छानिन्छन्। यस राउण्डमा एउटै देशका दुई राष्ट्र भने प्रतिस्पर्धा गर्दैनन्।

क्वार्टर फाइनलमा पनि गोलाप्रथाकै माध्यमबाट प्रतिद्वन्दीको छिनोफानो गरिन्छ। तर यस चरणसम्म आइसक्दा गोलाप्रथानै प्रमुख प्रतिद्वन्दी छनोट प्रक्रिया हुन्छ। यसमा एउटै देशका दुई क्लब पनि प्रतस्पर्धामा पर्न सक्छन्।

क्वार्टर फाइनलका विजेताहरुले सेमी फाइनल खेल्छन् र यसै गरी फाइनलको यात्रा तय हुन्छ। फाइनल बाहेक हरेक खेल होम र अवे गरी दुई लेगमा खेलिन्छन्। ‘राउण्ड अफ १६’, ‘क्वार्टर फाइनल’ र ‘सेमी फाइनल’मा होम र अवे गोलको ठूलो मान्यता हुन्छ।

उदाहरणको लागि यदि दुवै टोलीले दुई लेग सकिँदा २-२ गोलको बराबरी खेल खेलेको खण्डमा टोली ‘ए’ले दुवै गोल आफ्नो घरेलु मैदानमा गरेको छ र टोली ‘बी’ले १ गोल आफ्नो र अर्को १ गोल प्रतिद्वन्दीको घरेलु मैदानमा गरेको छ भने टोली ‘बी’ अर्को चरणमा प्रवेश गर्छ। यो ढाँचाले पनि यस प्रतियोगितालाई अझै बढी प्रतिस्पर्धात्मक बनाएको देख्न सकिन्छ।

सेमी फाइनलबाट विजयी भएका दुई टोलीले एक तठस्त मैदानमा फाइनलको लागि प्रतिस्पर्धा गर्छन्।

 

केही ट्रिभिया

  • सर्वाधिक च्याम्पियन्स लिग विजेता
    रियल मड्रिड (१३)

 

  • पहिलो च्याम्पियन्स लिग विजेता
    रियल मड्रिड १९५५/५६

 

  • च्याम्पियन्स लिग जित्ने टोली
    रियल मड्रिड (१३)
    एसी मिलान (७)
    लिभरपुल (६)
    बायर्न म्युनिक (६)
    बार्सिलोना (५)
    आयाक्स (४)
    म्यानचेस्टर युनाइटेड (३)
    इन्टर मिलान (३)
    बेन्फिका (२)
    युभेन्टस (२)
    पोर्टो (२)
    नटिङ्घम फरेस्ट (२)
    एस्टन भिल्ला, बोरुसिया डर्टमन्ड, सेल्टिक, चेल्सी, फेयेनुर्ड, ह्यामबर्ग, मार्सेल, पीएसभी आइन्डोभन, रेड स्टार बेलग्रेड, स्टेउवा बुकुरेस्टी (१)

 

  • च्याम्पियन्स लिग का सर्वाधिक गोलकर्ता
    क्रिस्टियानो रोनाल्डो (१३४)
    लियोनल मेस्सी (११९)
    रोबर्ट लेवान्डोस्की (७३)
    बेन्जीमा (७१)
    राउल (७१)

 

  • २०२०/२१ भन्दा पहिले च्याम्पियन्स लिग जित्ने इंग्लिश टोली
    लिभरपुल, म्यानचेष्टर युनाइटेड, चेल्सी, एस्टन भिल्ला, नटिङ्घम फरेस्ट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?