बजेट अध्यादेश सिफारिश गर्न मन्त्रिपरिषद बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । बजेट अध्यादेश सिफारिश गर्नका लागि मन्त्रिपरिषद बैठक बस्दैछ ।

मन्त्रिपरिषद बैठक अहिले बिहान ११ बजे बस्ने एक मन्त्रीले जानकारी दिए ।

सरकारले आज अपराह्न ४ बजे आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ । यसको लागि मन्त्रिपरिषद् बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?