काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहारका कारण देशले दुष्परिणाम भोगिरहेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैँ सभापति देउवाले कुनै पनि राज्यप्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि शासकको शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्नु पर्ने बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार त्यस्तो नहुँदा देशले दुष्परिणाम भोग्नुपरेको बताए ।
‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं’ उनले भने, ‘गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु।’
सभापति देउवाले कोभिड – १९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको भएपनि सरकारले जनताको जिवनरक्षा प्रति उदासिन र संवेदनहीनता देखाएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया