तिक्ततापूर्ण सम्बन्ध बन्दा किन भयो देउवा र प्रचण्डबीच भेटवार्ता ?

काठमाडौँ, २१ असोज- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार साँझ भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।भेटमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेपछिको परिस्थिति तथा आसन्न संघ र प्रदेशको चुनावको तयारीका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।नेकपा (एमाले) र माओवादी केन्द्रबीचको वामपन्थी गठबन्धनका विषयमा गत मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल गरेर जान वाम गठबन्धन बनाउने तथा पार्टी एकता अगाडि बढाउने सहमति भएको थियो ।त्यसलगत्तै बुधबार नेपाली काँग्रेस, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरमबीच लोकतान्त्रिक गठबन्धन बनाउने सहमतिपछि राजनीतिक वृत्त दुई ध्रुवमा विभाजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?