काठमाडौं । गायक तथा ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको गायक प्रमोद खरेलले बताए ।
‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजबाट पनि गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको जानकारी दिदै स्वास्थ्य लाभको कामना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया