चिकित्सक र नर्सहरुको मनोबल कमजोर बनाउने कार्य नगरौं : सभामुख सापकोटा

लोकपथ
56
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चिकित्सक र नर्सहरुको मनोबल कमजोर बनाउने कार्य गर्नु नहुने बताएका छन् ।
शुक्रबार ट्वीट मार्फत् सभामुख सापकोटाले भेरी अस्पतालमा चिकित्सक र नर्सहरुमाथि गरिएको हातपात र दुव्र्यवहारको निन्दा गर्दै चिकित्सक र नर्सहरुको मनोबल कमजोर बनाउने कार्य कतैबाट कसैले पनि गर्नु नहुने बताएका हुन् ।

उनले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुलाई यतिबेला हौसला र प्रोत्साहनको खाँचो रहेको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?