धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । शुक्रवार ४ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजनामन्त्रीमा प्रकाश बहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले शपथ ग्रहण गरेका हुन् ।
प्रकाश बहादुर शाहको जिम्मेवारी फेरिएको छ । उनी यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । उनले राजीनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ ग्रहण गरेका हुन ।
चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा सपथ ग्रहण गरेका छन् । त्यस्तै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई एमाले संसदीय दलले फिर्ता बोलाएको छ । यो पुनर्गठनसँगै सुदूरपश्चिम प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया