निषेधाज्ञाका कारण ४.०१ प्रतिशत आर्थिक वृद्धि कठिन : अर्थमन्त्री

लोकपथ
70
Shares

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले चालू आर्थिक वर्षमा ४.०१ प्रतिशत आर्थिक वृद्धि चुनौतीपूर्ण हुने बताएका छन् ।

४.०१ प्रतिशत आर्थिक वृद्धि संशोधित वृद्धि हो । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत राखेको थियो । अर्थमन्त्री पौडेलले निषेधाज्ञाका कारण अर्थतन्त्र ठप्प भएका कारण सो आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने बताएका हुन् ।

शुक्रवार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले नहुने यस्तो बताएका हुन् । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक बर्षमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको थियो । तर सोही आर्थिक वृद्धि समेत हासिल गर्न कठिनाई हुने अर्थमन्त्री पौडेलको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?