काठमाडौं । दाङमा बचत तथा ऋण सहकारी संस्थाबाट नगद चोरी भएको छ । गढवा गाउँपालिका-४ रामनगरस्थित ओम वचत तथा ऋण सहकारी संस्थाबाट नगद ९ लाख रुपैयाँ बिहीवर चोरी भएको छ ।
अपरिचित व्यक्तिले उक्त सहकारीको झ्याल फोडेर प्रवेश गरी लकरमा रहेको उक्त नगद चोरी गरी फरार भएको बताइएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया