प्रधानमन्त्रीको देशबासीको नाममा सम्बोधन : राजनीतिक टिकाटिप्पणी नै बढी

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बेला बेला राष्ट्रको नाममा सम्बोधन गरिरहन्छन् ।

देश विपदमा फसेका बेला राष्ट्रप्रमुखबाट आउने सन्देशले मात्रै पनि जनताको मनोवल उच्च बन्न सक्दछ । यसैक्रममा शुक्रवार देशबासीको नाममा ओलीले सम्बोधन गरेका छन् । शनिवार अर्थात जेठ १५ गते बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सम्बोधनले महामारी नियन्त्रणका लागि कुनै प्याकेज आउला कि भन्ने आम मानिसको आशा थियो । तर प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधनका क्रममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि धेरै जसो पुराना कुराहरुलाई नै दोहोर्याए । साथसाथै आफूलाई अन्य राजनीतिक दलहरुले काम गर्न नदिएको भन्दै कटाक्ष गरे । त्यतिमात्रै होइन आफूले दुई दुई पटक गरेको संसद विघटनका बारेमा प्रस्टिकरण समेत दिँदै आफूले संसद विघटन गरि पुनस्थापित संसदबाट विश्वासको मत नपाएकोमा समेत अन्य दलहरुलाई आलोचना गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नीतिहिन गठबन्धनको भर्‍याङ चढेर सरकार जान खोज्नु ‘अराजनितिक झेली’ भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै दलिय प्रणालीमा दलको अनुशासन भन्दा बाहिर गएर नीतिहिन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली काम भएको बताएका हुन् । आफ्ना लागि सरकारको नेतृत्व साधन मात्रै भएको साध्य नभएको भन्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि ताजा जनादेशमा जाने निर्णय गरेको दाबी गरे ।

आफुले सांसदहरुको अस्वस्थ्य गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास गुम्ला कि भनेर आवधिक निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पारे । उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नेहरुले जनताको सार्वभौम सत्तालाई अस्वीकार गरेको बताए ।

उनले भए “ताजा जनादेशमा जानु प्रतिगमन होइन । निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौम सत्तालाई अस्वीकार गर्नु हो । नीतिहिन गठबन्धनको भर्‍याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनितिक झेली काम हो । ”्

उनले पहिलो पटक प्रतिनिधिसभा विघटन र त्यसयताका घटनाक्रमहरुको फेयरिस्त पनि प्रस्तुत गरे । त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरुका बारेमा जानकारी गराउँदै आफुले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अबलम्बन गरेको दाबी गरे ।

विगत ३ बर्ष यता नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेको, संविधान पुर्ण रुपमा कार्यान्वयनमा आएको, संघीयताले स्थायीत्व प्रदान गरेको, लामो सयम देखि रिक्त संबैधानिक निकायहरुले पुर्णता पाएको, हिंसाको बाटो हिडेको समुह शान्ति प्रक्रियामा आएको, मुलुक हिंसात्मक द्धन्दबाट मुक्तहुनुको साथै पृथकतावादी गतिविधिको पनि अन्त्य हुनु यस कालखण्डको महत्वपुर्ण उपलब्धिको रुपमा रहेको उहाँले उल्लेख गरे ।

उनले भौतिक पुर्वाधार, सडक ,पुल निर्माण , खानेपानी, भुकम्पले क्षतिग्रस्त बनाएका ऐतिहासिक र पुरातात्वीक संरचनाको पुननिर्माण गर्ने काम भएको, सुरक्षित आवास निर्माण, सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन गरि काम शुरु भएको लगायतका कामहरुको विवरण नै प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?