भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने ३ जना पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । भेरी अस्पतालभित्र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने ५० वर्षीय भरत बहादुर रावत, ४६ वर्षीय मान बहादुर रावत र ३० वर्षीय लोकराज रावत रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?