काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् ।
शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति भएको आक्रमण गर्नेलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका हुन् । साथै प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया