काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरे अनुसार प्रधानमन्त्री नियुक्ती हुनसक्ने दाबी गरेका छन् ।
आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको ७६(५) बमोजिम सरकार गठनका लागि लगेको हस्ताक्षर किर्ते रहेको समेत आरोप लगाएका छन् ।
संसदीय व्यवस्थामा कांग्रेस सभापति देउवाले एमाले र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुको हस्ताक्षर लगेर राष्ट्रपति कार्यालय लगेका कारण राष्ट्रपतिले दुवैलाई सरकारमा जान नदिएको बताएका छन् ।
‘बहुमती प्रणालीलाई नै बिकृत बनाउनेगरी हस्ताक्षर ल्याएको कारण कांग्रेस सभापति माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुनै आधार थिएन ।’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै सिमित व्यक्तिहरुको सत्ताका लागि स्वार्थ केन्द्रीत गरेका कारण गत पुस ५ गते संसद विघटन गर्नु परेको बताए ।
‘सिमित व्यक्तिहरुको सिमित स्वार्थको कारण पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुपरेको थियो ।’ उनले भने । ‘वैशाख २७ गते मैले संसदबाट विश्वासको मत दिनको लागि प्रतिनिधि सभामा आग्रह गरे । तर त्यहाँबाट न मलाई विश्वासको मत दिन पनि नसक्ने र आफू पनि सरकार गठन नसक्ने काम भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया