नेपालमा घट्दै मृत्यु दर : पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु

लोकपथ
252
Shares

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ९६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्ला केहिदिन यता कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको दर बढि रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ८ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । भने हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?