चिकित्सक र नर्समाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति भएको दुर्व्यवहारप्रति खेद प्रकट गरेकी छिन् ।

कोरोना महामारीका बेला आफू र आफ्ना परिवार नभनी ज्यान जोखिममा राखेर बिरामीको उपचारमा संलग्न चिकित्सक तथा नर्र्समाथि भएको घटना दुखद रहेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले आज एक ट्वीट गर्दै दुख परेका बेला भावनात्मक उत्तेजना हुनसक्ने तर यस विषम परिस्थितीमा संयम र धैर्यता अपनाउँदै महामारीलाई परास्त गर्नु बसैको दायित्व भएको समेत बताएकी छिन् ।

ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भनेकी छिन्- ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?