शुटिङमा नेपालले पायो ‘वाइल्डकार्ड एन्ट्री’, कल्पना परियार टोकियो जाने निश्चित

काठमाडौं।  नेपालकी शुटिंग खेलाडी कल्पना परियारले ‘टोकियो ओलम्पिक २०२०’ का लागि ‘वाइल्डकार्ड एन्ट्री’ प्राप्त गरेकी छिन्।

कल्पनाले शुक्रवार ओलम्पिक समितिबाट ‘वाइल्डकार्ड एन्ट्री’ हासिल गरेकी हुन्। यससँगै उनले नेपालको प्रतिनिधित्व गर्न टोकियो जाने निश्चित भएको छ।

नेपाल ओलम्पिक समितिका उपादक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले कल्पनाको ‘वाइल्डकार्ड एन्ट्री’ निश्चित भएको सूचना सार्वजनिक गरेका छन्। वैद्यका अनुसार नेपाल ओलम्पिक समिति र नेपाल शुटिंग समितिको ठूलो प्रयासले कल्पनाको ‘एन्ट्री’लाई सम्भव बनाएको हो।

‘जुलाई २३’ देखि ‘अगस्ट ८’ सम्म संचालन हुने टोकियो ओलम्पिकमा कल्पनाले ‘१० मीटर एयर राइफल’ प्रतियोगितामा भाग लिने छिन्।

त्यस्तै यस संस्करणको ‘वाइल्डकार्ड एन्ट्री’ पाउने पहिलो नेपाली खेलाडी कल्पना परियार बनेकी छिन्। कल्पनाको एन्ट्रीसँगै टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने जम्मा खेलाडी संख्या ४ पुगेको छ। पौडीमा ‘गौरीका सिंह’ र ‘एलेक्स शाह’ तथा म्याराथनमा ‘गोपी चन्द पार्की’ले टोकियो ओलम्पिक खेल्ने यसअघि नै निश्चित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?