राष्ट्रिय सभा सदस्य डा. देवकोटाले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष डा. देवकोटाले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उनलाई संघीय सांसदको प्रतीक चिह्नसमेत प्रदान गरे ।

समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद सचिवालयका महासचिव डा भरत गौतम लगायतले उनको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे।

बागमती प्रदेशमा यही जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उनी निर्वाचित भएका थिए ।

तत्कालीन गृहमन्त्री एवं नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?