काठमाडौं । गृह मन्त्रालयले बिहीवार भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मी माथि हातपात गर्नेहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको बताएको छ ।
भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनालाई लिएर वार्डमै छिरेर चिकित्सक र नर्समाथि हातपात भएको घटनालाई गम्भीर रुपमा लिएको बताउँदै गृहको ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै गृहले भनेको छ- ‘मिति २०७८ साल जेष्ठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटालाई लिएर उक्त वार्डमै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमण भएको भन्ने सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यवहार हुनु निस्चय पनि निन्दनीय कार्य हो । स्वास्थ्य संस्थामा सेवारत चिकित्सक तथा नर्समाथि गरिने कुनैपनि प्रकारको हातपात तथा दुर्व्यवहार र तोडफोड कानूनद्वारा निषेधित फौजदारी कसूरजन्य कार्य हुनुका साथै यस्ता कार्य सदाका लागि नियन्त्रण गर्न र त्यस्ता कार्यमा संलग्न व्यक्ति उपर कानून बमोजिम कारवाही गरी स्वास्थ्य संस्था र सुरक्षाकर्मीलाई प्रदान गर्न राज्यका निकायहरु समक्ष रहेको हुँदा भेरी अस्पतालमा भएको घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको कार्य भइसकेको व्यहोरा अनुरोध छ । साथै यस घटनाको सम्बन्धमा सत्यतथ्य छानविन गर्न हिजै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भई छानविनको कार्य प्रारम्भ भई सकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया