काठमाडौं – सरकारले चीन र अमेरिकाबाट खोप खरीद प्रक्रिया अघि बढाएको जनाएको छ।
पहिलो चरणमा चीनको सिनोफार्मसँग ५० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरीद प्रक्रिया अघि बढाएको हो।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप खरीद प्रक्रियामा एक हप्ताभित्रै शुरु हुने बताए। मन्त्री ज्ञवालीले भण्डारण र त्यसको व्यवस्थापनमा समस्या हुने भएकाले पहिलो चरणमा एक करोड र त्यसपछि थप खोप खरीद गर्ने जानकारी दिए ।
खोप खरीदका लागि अर्थ मन्त्रालयले ३६ अर्बको स्रोत सुनिश्चित गरेको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया