काठमाडौं – विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
१४ दिन अघि कोरोना संक्रमणका कारण उपचाररत उनको हिजो बिहिवारदेखि स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
उनको इक्मो थेरापीबाट उपचार गर्ने तयारी भइरहेको छ । ग्रान्डीमा उपचाररत उनलाई बिहानै मेडीसीटी अस्पताल लगिएको छ। इक्मो थेरापी नेपालको मेडीसीटी अस्पतालमा मात्र उपचार हुने गरेको छ ।
४५ वर्षिय उनलाई कुनै दीर्घ रोग नभएतापनि अक्सिजन दिँदा समेत शरीरले राम्ररी काम गरेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया