काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि भएको आक्रमण प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएको हो ।
स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि हुने गैरकानुनी, अमानवीय गतिविधिहरुमा शून्य सहनशीलता राखि कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फोजदारी कार्यविधि संहिता २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कडा भन्दा कडा कारवाहीको प्रबन्ध गर्न सम्बन्धित निकायलाई अनुरोधसमेत गरेको छ ।
यस्तो छ विज्ञप्ति : 
चिकित्सक र नर्सहरू आन्दोलित :
कोभिड-१९ भएका बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको घटनालाई लिएर नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरूले आन्दोलन थालेका छन् ।

बिहीवार राति दाङका एकजना सङ्क्रमितको निधन भएपछि उनका आफन्तहरूले उपचारमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेको बताइएको छ।
आक्रमणमा परेका स्वास्थ्यकर्मी अस्पतालको कोभिड वार्डमा खटिएका थिए।
बिरामीको उपचारमा खटिएका डा। चन्द्रप्रकाश साहुसहित नर्सहरू सदीक्षा गैरे, वन्दना श्रेष्ठ र आश्विन गुरुङले अस्पतालको पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएको दावी अस्पतालका स्वास्थ्यकर्मीले गरेका छन्।
आक्रमणमा परेकी नर्स सदीक्षा गैरेले ज्यान जोगाउन आफू क्याबिनको शौचालयमा लुकेको तर त्यहाँ पनि आक्रमण भएपछि झ्यालबाट बाहिर हाम फालेर बाँच्न सफल भएको दाबी गरिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया