गुम्बामा आश्रित बालबालिकामाथि यौन दुर्व्यवहार गर्ने गुम्बाका सञ्चालक पक्राउ

लोकपथ
1.3k
Shares

काठमाडौं । कैलालीमा बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका-२ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?