काठमाडौं । चितवनमा दुई सय ७० किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । राप्ती नगरपालिका-१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाई प्रहरी बिट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकमा सवार पिन्टुलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गाँजा वीरगंज हुँदै भारततर्फ लैजान लगेको खुल्न आएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया