स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त

लोकपथ
147
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं वालरोग विज्ञ डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पौडेललाई प्रवक्ता बनाउने निर्णय गरेको मन्त्रालयको कर्मचारी महाशाखा प्रमुख डा. दामोदर रेग्मीले जानकारी दिए।

यसअघि मन्त्रालयको प्रवक्तामा प्रा.डा.जागेश्वर गौतम थिए । प्रा .डा.गौतम कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता डा.समिर अधिकारीले सम्हाल्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?