राष्ट्रिय सभा सदस्य डा. देवकोटाले आज सपथ ग्रहण गर्दै

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटाले आज पद तथा गोपनियताको सपथ लिँदैछन् ।

डा. देवकोटा गत जेठ ६ गते बागमती प्रदेश राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका थिए । तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

नेकपा एमाले माधव नेपाल पक्षका नेता भएपनि उनी कांग्रेस, माओवादीसहित एमाले नेपाल पक्ष र जसपाको संयुक्त उम्मेद्वार रहेका थिए ।

एमाले र माओवादी केन्द्र अलग अलग भएसँगै बादल एमालेतिर बसेपछि कारबाहीमा परेसँगै बागमतीमा पद खाली भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?