कोरोनाविरुद्धको खोपले वर्षैँसम्म भाइरससँग लड्छ : अध्ययन

लोकपथ
182
Shares

काठमाडौं । कोरोना भाइरसको खोप लगाएपछि प्रतिरोधात्मक क्षमता कम्तिमा एक वर्ष सम्म रहने र जीवनकालसँगै प्रतिरोधात्मक क्षमता अझै बलियो हुँदै जाने नयाँ अध्ययनले देखाएको छ ।

एकपटक कोरोना संक्रमण मुक्त भएका व्यक्तीहरुले खोपको पहिलो डोज मात्रै लगाए पर्याप्त हुने र दोस्रो डोज नलगाएपनि हुने ‘द न्यूयोर्क टाइम्स’ ले आफ्नो वैज्ञानिक जर्नलमा छापिएको प्रतिवेदनमा बताएको छ ।

The studies may soothe fears that immunity to the virus is transient, as is the case with coronaviruses that cause common colds.

तर कुनै व्यक्तीको शिरीरमा पर्याप्त रोग प्रतिरोधक क्षमता नुहुने हुँदा त्यस्ता मानिसहरुले भने दोस्रो डोज पनि लगाउनु पर्ने जरनलमा बताइएको छ । दुवै अध्ययन करिब एक वर्षअघि कोरोना संक्रमण भएका व्यक्तिहरूमाथि गरिएका हुन्।

त्यस्तै न्यूयोर्कस्थित रेकफेलर विश्वविद्यालयका इम्युनोलोजिस्ट माइकल नुसिन्जवेगीका अनुसार ‘कोरोना संक्रमणपछि हाम्रो शरीरमा जुन एन्टिबडी विकास हुन्छ, त्यो एन्टिबडी खोपको असरले अझ बलियो भएर आउँछ। यस्तो बलियो एन्टिबडी कोरोना भाइरसका विभिन्न प्रकारसँग लड्न सक्षम हुन्छ। त्यसैले, एकचोटि संक्रमण भएर निको भइसकेको व्यक्तिले दोस्रो डोज खोप नलगाए पनि फरक पर्दैन।’

अध्ययनले कोविड संक्रमणको उत्तरमा मेमरी बी कोषहरू उत्पादन भएको र खोपको बृद्धि भएकोले यति बलवान भएको छ कि उनीहरूले भाइरसको भेरियन्टलाई पनि रोक्न सक्छ र बूस्टरहरूको आवश्यकतालाई वेवास्ता गर्दछ।

‘जो व्यक्तिलाई कोभिड–१९ संक्रमण भएको छैन, उसलाई एउटा मात्र खोपले पुग्दैन। दोस्रो बुस्टर डोज पनि लगाउनैपर्छ,’

भाइरसका विभिन्न प्रकार विकास भइरहेका बेला आफ्नो शरीरको प्रतिरोधक क्षमता मान्छे अनुसार फरक हुने भएकाले कोरोना संक्रमण दोहोर्‍याएर हुन्न भन्ने नभएको र कोरोनाविरुद्ध खोप लगाउन वैज्ञानिकहरू जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?