काठमाडौं । भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बुधवार शून्यमा झरेको छ । नयाँ भेरिएन्टसहित कोरोनाको दोस्रो लहर सङ्क्रमणले दैनिक आधा दर्जनको सङ्ख्यामा सङ्क्रमितको मृत्यु भइरहेको भक्तपुरमा बुधवार कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भक्तपुरमा बुधवारसम्म २४५ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । उनका अनुसार भक्तपुरमा मङ्गलवार आठ, सोमवार छ र आइतबार छ सङ्क्रमितको मृत्यु भएको थियो । भक्तपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु भएकामध्ये १६२ पुरुष र ८३ महिला छन् । जिल्लाका चार स्थानीय तहमध्ये मध्यपुरथिमिमा ६१ पुरुष र २५ महिला गरी ८६ जनाको मृत्यु भएको मिजारले बताउनुभयो । त्यस्तै भक्तपुर नगरपालिकामा ३९ पुरुष र २६ महिला गरी ६५, सूर्यविनायक नगरपालिकामा ४१ पुरुष र २३ महिला गरी ६४ र चाँगुनारायण नगरपालिकामा २१ पुरुष र नौ महिला गरी ३० जनाको मृत्यु भएको छ ।
भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत घट्न थालेको छ । यहाँ हाल तीन हजार ५९७ सक्रिय सङ्क्रमित रहेको मिजारले बताए । भक्तपुरमा मङ्गलवार तीन हजार ७२४, सोमवार तीन हजार ९५४, आइतवार चार हजार ६७ र शनिवार चार हजार १२० सक्रिय सङ्क्रमित रहेका थिए । यहाँका सक्रिय सङ्क्रमितमध्ये ११५ पुरुष र ८८ महिला विभिन्न अस्पताल र आइसोलेशन केन्द्रमा उपचाररत छन् । त्यस्तै एक हजार ८०३ पुरुष र एक हजार ५९१ महिला होमआइसोलेसनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया