काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता जर्नादन शर्माले स्वास्थ्यकर्मीहरु माथिको आक्रमण जघन्य अपराध भएको बताएका छन् ।
नेता शर्माले महामारीको बेलामा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नु जघन्य अपराध भएको भन्दै अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास गरीएको बताएका छन् । उनले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने पनि बताए ।
‘महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु माथी वाड मै आक्रमण गर्नु जघन्य अपराध हो । उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ ।’ उनले भने, ‘दोषी माथि कार्वाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस ।’
नेता शर्माले सत्ताको अराजकता सबैतिर फैलिन थाल्नु गम्भिर विषय भएको पनि बताएर । आफु चिकित्सकहरुको साथमा रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया