नयाँ शक्तिको सिंगो नगर समिति माओवादी केन्द्रमा समाहित, बाबुरामलाई झड्का

भक्तपुर, २१ असोज- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल चाँगुनारायण नगरपालिका सिंगो समिति नै माओवादी केन्द्रमा समाहित भएको छ । नयाँ शक्ति भक्तपुरका चार उम्मेदवारसहित चाँगुनारायण नगरपालिका सिंगो समितिमा माओवादी केन्द्रमा समाहित भएको हो ।नयाँ शक्तिकी केन्द्रीय परिषद् सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र १ प्रदेश क का प्रत्यक्ष उम्मेदवार चण्डिका लामिछानेसहित पार्टीको चाँगु नगर संगठन कमिटी सिंगै माओवादी केन्द्रमा ध्रुवीकृत भएको हो ।केन्द्रीय परिषद् सदस्य लामिछाने, चाँगु नगर संगठन कमिटीका संयोजक कान्छा तामा मुखिया, जिल्ला सदस्यद्वय शिवराज केसी, ध्रुवराज कार्की र युवा संगठनको केन्द्रीय परिषद् सदस्य सन्तोष अवाल,भक्तपुर क्याम्पास संयोजक बिजय तामाङ्गले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै देवेन्द्र पौडेल संयोजकत्वको बृहत ध्रुवीकरणमा समावेश भएको घोषणा गरेका हुन् ।उनीहरुसँगै नयाँ शक्तिका ३६ भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरुले नयाँ शक्तिबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । ‘नयाँ शक्ति पार्टीबाट सामूहिक राजीनामा दिएर देवेन्द्र पौडेल संयोजकत्वमा बृहत ध्रुवीकृत भएका छौं’, नगर संयोजक तामाङले भने, ‘उक्त ध्रुवीकरणसँगै हामी माओवादी केन्द्रमा प्रवेश गरेका छौं ।’संयोजक तामाङ नयाँ शक्ति भक्तपुरबाट मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । त्यस्तै जिल्ला सदस्यद्वय केसी र कार्की भने प्रदेशसभाको लागि समानुपातिक उम्मेदवारीमा सिफारिस भएको संयोजक तामाङले जानकारी दिए । देवेन्द्र पौडेलको संयोजकत्वमा बृहत धुर्विकरणमा धुर्विकृत हुने हरु निम्नानुसार रहेका छन् ।१) कान्छा तामाङ्ग मुखिया चांगु नारायण नगर संयोजक के.प.स.२) चण्डिका लामिछाने केन्द्रिय परिषद सदस्य३) सन्तोष अवाल वडा संयोजक युवा के.प.स४) नारायण पन्त वडा संयोजक कार्यकारी .जि.स. भक्तपुर५) रमेश लामा वडा संयोजक .जि.स. भक्तपुर६) अजय कुमार तामाङ्ग वडा संयोजक .जि.स. भक्तपुर७) बिजय तामाङ्ग भक्तपुर क्याम्पस संयोजक .जि.स. भक्तपुर८) माया देवी तामाङ्ग भक्तपुर क्याम्पस सह.संयोजक .जि.स. भक्तपुर९) धुर्वराज कार्की कार्यकारी .जि.स. भक्तपुर१०) शिवराज के.सी कार्यकारी .जि.स. भक्तपुर११) गितादेवी मगर कार्यकारी .जि.स. भक्तपुर१२) सुनिल तामाङ्ग युवा कार्यकारी .जि.स. भक्तपुर१३) बलराम तामाङ्ग नगर सदस्य चाँगुनारायण१४) बिदुर मंग्राती नगर सदस्य चाँगुनारायण१५) पार्वती तामाङ्ग नगर सदस्य चाँगुनारायण१६) सुकुमाया तामाङ्ग नगर सदस्य चाँगुनारायण१७) राम कुमार भडेल नगर सदस्य चाँगुनारायण१८) बिकास अवाल नगर सदस्य चाँगुनारायण१९) विकेश अवाल नगर सदस्य चाँगुनारायण२०) रोनिक अवाल नगर सदस्य चाँगुनारायण२१) पार्वती अवाल नगर सदस्य चाँगुनारायण२२) सविना अवाल नगर सदस्य चाँगुनारायण२३) राजन लामिछाने नगर सदस्य चाँगुनारायण२४) नीर बहादुर तामाङ्ग नगर सदस्य चाँगुनारायण२५) राजेश तामाङ्ग नगर सदस्य चाँगुनारायण२६) अन्जना तामाङ्ग नगर सदस्य चाँगुनारायण२७) राज कुमार तामाङ्ग नगर सदस्य चाँगुनारायण२८) युवराज तामाङ्ग नगर सदस्य चाँगुनारायण२९) दिनेश तामाङ्ग नगर सदस्य चाँगुनारायण३०) सुकुमाया तामाङ्ग नगर सदस्य चाँगुनारायण३१) संगिता मिजार नगर सदस्य चाँगुनारायण३२) पूर्ण मिजार नगर सदस्य चाँगुनारायण३३) सुनसरी गुरुङ्ग नगर सदस्य चाँगुनारायण३४) अमृता गुरुङ्ग नगर सदस्य चाँगुनारायण३५) खासा माया तामाङ्ग नगर सदस्य चाँगुनारायण३६) राजु श्रेष्ठ नगर सदस्य चाँगुनारायण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?