काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले इराकको ‘बास्रा’ सहरमा आफ्नो अभ्यास शुरु गरेको छ।
‘मे २९’ तारीख, शनिवार, घरेलु राष्ट्र इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्न गइरहेको नेपाली टोलीको अभ्यास बेतोडले चलिरहेको देख्न सकिन्छ।
बुधवार अपरान्ह इराक टचडाउन गरेको नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान तथा गोलरक्षक किरण चेम्जोङ इराकी सञ्चारकर्मीसँग अन्तर्वार्ता गरेको दृश्य पनि सार्वजनिक भएको छ।

त्यस्तै अभ्यास पछिको ‘रिकभरी सेशन’को लागि नेपाली खेलाडीहरू बाथ टबमा बरफै बरफले भरिएको पानीमा आराम गरिरहेका दृश्य पनि एन्फाले सार्वजनिक गरेको छ। खेलाडीहरुको लागि ‘रिकभरी सेशन’ निकै नै महत्वपूर्ण भएकाले यसलाई अभ्यासको अत्यन्तै आवश्यक भागको रूपमा लिइन्छ।

हेरौँ नेपाली राष्ट्रिय टोलीको अभ्यास, केही तस्वीरमार्फत

(तस्वीर :एन्फा )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया