अभिनेत्री किरण खेर अस्पताल भर्ना

लोकपथ
286
Shares

मुम्बई । बलिउड अभिनेत्री तथा भाजपा सांसद किरण खेर अस्पताल भर्ना भएकी छन् । बिहीवार बिहान उनलाई मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना गरिएको हो ।

पछिल्लो समय क्यान्सरसँग लड्दै आएकी खेरको बिहीवार नै बोन म्यारो सर्जरी गरिएको छ । करिब तीन घन्टा चलेको सर्जरीमा उनको बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश भएको थियो ।

गत अप्रिलमा उनलाई क्यान्सर भएको खबर मिडियामा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?