औषधि व्यवसायी कुटपिटको छानविन गर्न प्रहरीले गठन गर्‍यो समिति

लोकपथ
1.1k
Shares

वीरगंज । पर्साको वीरंगजमा औषधि व्यवसायी कुटिएको घटनालाई छानविन गर्न २ नं. प्रदेश प्रहरीले छानविन समिति गठन गरेको छ ।

वीरगंज महानगरपालिका – ८ स्थित प्याथो सर्जिकल हाउसका संचालक अप्रोज महमदलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले पसलभित्रै गएर कुटेको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि प्रहरीको तिव्र आलोचना भएको थियो ।

उक्त घटनाको छानविन गर्न २ नं. प्रदेश प्रहरीले प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको एक विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?