अध्यादेश मार्फत बजेट नल्याउन योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपिल

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले अध्यादेश मार्फत बजेट नल्याउन सरकारलाई अपिल गरेका छन् ।
९ जना पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, डा. जगदीश चन्द्र पोखरेल, डा. शंकर शर्मा , डा.पीताम्बर शर्मा, डा. दिनेशचन्द्र देवकोटा, डा.गोविन्दराज पोखरेल, डा.मीनबहादुर श्रेष्ठ र डा . स्वर्णीम वाग्लेले संयुक्तरुपमा अपिल जारी गर्दै अध्यादेश मार्फत् बजेट नल्याउन अपिल गरेका हुन् ।

अपिल मार्फत् सरोकारवालाको आग्रहलाई वेवास्ता गर्दै जवरजस्ती पुर्ण बजेट ल्याउने, अत्याधिक सार्वजनिक ऋण लिने, राजस्वको दर परिर्तन गर्ने जस्ता क्रियाकलापले राजनीतिक नैतिकताको गम्भिर उल्घन हुने भएकाले यस बिषयमा गम्भिर बन्न सरकारलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?