रुघाखोकी र ज्वरो आएमा यसरी हेरचाह गरौँ

रुघाखोकी र ज्वरो मानिसमा कुनै पनि वेला आउन सक्छ । ज्वरो तथा रुघाखोकी बढ्दै गएमा मानिसलाई धेरै दिनसम्म सुताउँछ । वर्षायामको सुरु तथा अन्त्यमा, जाडोयामको सुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएन्जाका बिरामी बढी देखिने गर्दछन् । ज्वरो तथा रुघाखोकी धेरै ठूलो समस्या होइन भन्नेहरू पनि धेरै छन्, तर हेलचेक्र्याइँ गर्नुहुन्न । यसले मानिसमा ठूलो समस्या पैदा गर्न सक्दछ ।बच्ने उपायहरु पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौँ ।ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर–दोहोर हुने कोठामा आराम गर्ने गरौँ ।खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गरौँ ।साबुन पानीले मिचीमिची हात धुने गरौँ ।आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाऔँ ।अनावश्यक रूपमा मानिसहरूको भिडभाड भएको ठाउँमा नजाऔँ ।शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बसौँ ।सकेसम्म अन्य व्यक्तिहरूसँग हात नमिलाऔँ ।ज्वरो, रुघाखोकी भएका बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔँ ।अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौँ ।नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गरौँ । -नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?