निम्न आय भएकाहरुका लागि विशेष प्याकेज ल्याउन सरकारसँग कांग्रेसको माग (विज्ञप्तिसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई बुझाएको १५ बुँदे ध्यानाकर्षणमा थप गम्भीर हुन आग्रह गरेको छ ।

आज पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एक पत्र लेख्दै सरकारलाई कोरोना महामारीका बेला निम्न आय भएका व्यक्तिहरुका लागि समेत कदम चाल्नका लागि आग्रह गरेका छन् ।

सभापति देउवाले सरकारलाई अहिले सम्पूर्ण ध्यान कोरोना रोकथाम तथा नियन्त्रणमा लगाई निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक र साना व्यवसायीलाई राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् ।

‘वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गर्दछु ।’ सभापति देउवाले भनेका छन् ।

सरकार स्वयमको उदासिनता र अकर्मन्यताको कारण कोरोना संक्रमणको जोखिम बढेको बताउँदै त्यसलाई रोक्न गृहकार्य नगरीकन निषेधाज्ञाको साहारा लिएको समेत आरोप लगाएका छन् । सभापति देउवाले भने- ‘सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको छ । तर निषेधाज्ञाको असर पनि हँचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?