विषालु च्याउ खाँदा १ जनाको मृत्यु

लोकपथ
7
Shares

काठमाडौं । मकवानपुरमा विषालु च्याउ खाँदा १ जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका-१० चकमके बस्ने ठुलीमाया घलानकी १५ वर्षीया छोरी प्रतिमा घलानको बिषालु च्याउ खाँदा बुधबार मृत्यु भएको छ ।

उनीहरुले आइतवार सोही ठाउँस्थित जंगलमा ल्याएको च्याउँ खदा बिरामी भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि हेटौँडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

च्याउ खाँदा बिरामी भएका ठुलीमाया समेत उनकै २ जना छोरीलाई उपचारका लागि हेटौँडातर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?