काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले प्रतिनिधि सभा विघटन हुनुमा स्वयं प्रतिनिधि सभा र राजनीतिक दलहरु जिम्मेवार रहेको बताए ।
यसअघि नै प्रतिनिधि सभा विघटनपश्चात् पुर्नस्थापना भएपछि संसद र राजनीतिक दलहरुको भुमिका प्रभावकारी नभएको उनको भनाई छ ।
आज प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले कानूनविद् एवम् संविधानविद्हरुसँग गरेको परामर्शका क्रममा संविधानविद् आचार्यले त्यस्तो बताएका हुन् ।
प्रतिनिधि सभा विघटन गर्दा संसद र प्रतिपक्षी मुकदर्शक बनि जालझेल र षड्यन्त्रलाई रोक्न नसकेको उनले बताए । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै असंवैधानिक कदमका पछि नै राजनीतिक दलहरु लागेको उनको जिकिर छ ।
प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही गर्न नसक्ने आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया