गायक प्रमोद खरेलमा ८ महिनामा दुई पटक कोरोना संक्रमण

काठमाडौं । नेपालका चर्चित गायक प्रमोद खरेलले आफूलाई ८ महिनामा दुई पटक कोरोना संक्रमणले छोएको बताएका छन् ।

बिहीवार (आज) कोरोना संक्रमण मुक्त भएको सन्देश सामाजिक सञ्जालमा लेख्दै गायक खरेलले त्यसबारे जानकारी दिएका हुन् ।

पहिलो डोज कोरोना विरुद्धको भ्याक्सिन लगाएको पनि बताए ।

सामाजिक सञ्जालमा लेख्दै गायक खरेलले भनेका छन्- ‘आठ महिना को अन्तरमा २ चोटि आक्रमण गर्यौ #कोरोना ले । पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसन बाट आज मुक्त भइयो । यस बीचमा उपचार मा सहयोग गर्नु हुने Dr Saurav Shrestha तथा हौसला र सुझाव को निम्ति मित्र Manish , kiran Kc तथा बैनी Manju लाइ धेरै धन्यवाद आग्रह – पहिला लागेको र खोप लाए पनि सचेत रहौं, सुरक्षित रहौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?