काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने भएका छन्। दोस्रो पटक क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हालेका जिदानले यस सिजन क्लबलाई उपाधि जिताउन नसकेपछि क्लब छाड्ने भएका हुन् ।
जिदानले क्लबका डिरेक्टर र टिमका खेलाडीलाई आफुले क्लब छाड्ने बताईसकेको स्काई स्पोर्ट्सले जनाएको छ । तर, रियल र जिदानले भने औपचारिक रुपमा केहि बताएको छैन ।
जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए । जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग र २ ला लिगा जितेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया