नेपाल फिफा वरीयतामा यथावत

लोकपथ
98
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।

गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेलेको थियो । त्यसयता नेपालले अन्तराष्ट्रिय खेल खेलेको छैन ।

नेपालले बंगलादेशलाई हराएर उपाधि जितेको थियो । भारत र माल्दिभ्स नेपाल भन्दा अघि रहेको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?