काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भबिश्वर शर्माले ठमेलमा कोरोना विरुद्धको खोप अभियानमा आफ्नो नाम जोडेर भ्रामक प्रचार गरिएको बताएका छन् ।
कोभिड – १९ पर्यटन व्यवसाय विपत समन्वय समितिका संयोजक समेत रहेका शर्माले ठमेलका घरधनी र व्यवसायीलाई कोरोना संक्रमणबाट बचाउन खोप अभियानको नेतृत्व आफू लगायत ठमेल पर्यटन विकास परिषदका अन्य सदस्यहरुको सहयोगमा गरेका थिए । उनले ठमेलका घरधनी र व्यवसायी तथा कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य कार्यालय काठमाडौंको सहयोगमा वैशाख ४ गतेबाट शुरु गरेको खोप अभियान वैशाख ११ गते समापन भएको तर त्यसलाई केहीले गलत रुपमा प्रचार गरको बताएका छन् ।
गतवर्षबाट कोरोनाको महामारी शुरू भए पश्चात ठमेलका घरधनी र व्यवसायीहरुको सुमधुर सम्बन्ध कायम गरि भाडा समायोजन गर्ने, विद्युत डिमाण्ड शुल्क मिनाह गर्ने, बिना धितो ठमेलका ब्यवसायीहरूलाई १५ लाख सम्म सहुलियतपुर्ण ऋण उपलब्ध गराउन पहल गर्ने तथा कोरोना भाइरस विरुद्धको भेरोसेल नामक चाइनिज खोप लगाउने जस्ता सामाजिक भावना र उत्तरदायित्वका कामहरु सबै मिलेर गरिरहेको अवस्थामा सामाजिक सेवाका यस्ता कार्यलाई बिफल पार्न बिगत देखि नै लागिरहेका केही व्यक्तिले खोपमा अनियमितता भएको जस्ता भ्रमपूर्ण र बदनियत ढंगले पटक– पटक आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजेका भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
शर्माले केही संचारमाध्यमले एकपक्षीय रुपमा समाचार प्रवाह गरेका भन्दै त्यसबिरुद्ध सम्बन्धित निकायमा उजुरी पनि दिएको बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया