काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई शुरु भएको छ ।
प्रतिनिधि सभा पुनःस्थापनाको अन्तरिम आदेश जारी गर्ने मागसहित परेका १९ वटा रिट निवदेनको सुनुवाई शुरु भएको हो । ती रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल बेञ्चबाट सुनुवाई भइरहेको हो ।
आजको पहिलो बहस वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन माथि भइरहेको छ । त्यस्तै संवैधानिक इजलासमा परेका ११ वटा रिटका लागि भने शुक्रवार (भोलि) का लागि पेशी तोकिएको छ ।
शनिवार मध्यराती सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ती हुने आधार नरहेको भन्दै संसद विघटन गरि मध्यावधी निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको विरुद्ध सर्वोच्चमा ३० वटा रिट निवेदनहरु परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया