प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटको पेशी आज

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएका रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ ।

सर्वोच्चमा ३० वटा रिट परेको मध्ये १९ रिटको पेशी आज तोेकिएको हो । यी १९ वटा रिटमाथि आज साधारण इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसका विरुद्धमा विपक्ष गठबन्धनका १४६ सांसदसहित कानून व्यवसायीले ३० वटा रिट दायर गरेका छन् ।

संसद् पुनःस्थापना र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरी १४६ सांसदले रिट दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?