काठमाडौं । नेकपा(एमाले)का नेता गोकर्ण बिष्टले पार्टी एकतालाई जोगाउन आफुहरुको तर्फबाट इमान्दार प्रयत्न रहने बताएका छन् ।
बिहीवार एक ट्वीट गर्दै नेता बिष्टले नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका हुन् ।
उनले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाकालागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने पनि बताए ।
नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ ।
— Gokarna Bista (@GokarnaRajBista) May 27, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया