आजको मौसम : देशको केही स्थानमा वर्षाको सम्भावना

लोकपथ
91
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्णतया बदली रहने छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाई छ । देशका हिमाली/उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?