२०७४, २१ आश्विन शनिवार ०२:०९

कमल थापा र लोहनी समूहलाई बाम गठबन्धनमा निम्ता !


प्रकाशित मिति : २०७४, २१ आश्विन शनिवार ०२:०९

काठमाडौँ, २१ असोज- बाम प्रगतिशील गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपालाई समेत अटाउने प्रयासमा केपी ओली र प्रचण्डरहेको खबर नयाँ पत्रिकामा छापिएको छ ।उनीहरूले डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई पनि तान्ने प्रयास थालेका छन् । गठबन्धन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कमल थापाले शुक्रबार एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेटवार्ता गरेका छन् । करिब ४५ मिनेटको छलफलमा चुनावी तालमेलबारे विभिन्न विकल्प र पछिल्लो राजनीतिको समीक्षा भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस