कांग्रेस नेतृ देउवाद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

लोकपथ
35
Shares

धनगढी । कोरोना माहामारीका समयमा फ्रन्टलाईनमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि कांग्रेस नेतृ अरजु राणा देउवाले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकी छन् । बुधवार धनगढीमा देउवाले पत्रकारका लागि सामाग्री हस्तान्तरण गरेकी हुन् ।

कोभिड-१९ बाट जोगिनका लागि आवश्यक पर्ने मास्क र सेनिटाईजर लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

यसघि नेतृ देउवाले धनगढी उपमहानगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि १० लाख र सेती प्रादेशिक अस्पतालमा बिरामीको उपचारमा प्रयोग गर्नका लागि २ थाल कन्सन्ट्रेटर समेत सहयोग गरेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?